Kathmandu Press

दक्षिण एसियामा एक लाख २५ हजारमा कोरोना

काठमाडौं, वैशाख ३० : भारतमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै दक्षिण एसियाका अन्य देशमा पनि फैलिन थालेको छ।

विश्व स्वास्थ्य संगठनका ....

दक्षिण एसियामा एक लाख २५ हजारमा कोरोना

काठमाडौं, वैशाख ३० : भारतमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै दक्षिण एसियाका अन्य देशमा पनि फैलिन थालेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, दुई दिनमा दक्षिण एसियाका देशमा सात हजारभन्दा बढी संक्रसंक्रमित थपिएका छन्। संक्रमित थपिएका छन्। मंगलबार मध्याह्नसम्म संक्रमितको संख्या एक लाख २५ हजार दुई सय ५४ पुगेको छ।

अहिलेसम्म तीन हजार तीन सय ७३ जनाको मृत्यु भएको छ। नेपाल र भुटानमा मात्रै संक्रमितको ज्यान गएको छैन।

कोरोनाको संक्रमण सबैभन्दा बढी भारतमा देखिएको छ। भारतमा गत २४ घन्टामा तीन हजार ६ सय सात संक्रमित थपिएका छन्। यससँगै भारतमा संक्रमितको संख्या ७० हजार आठ सय २७ पुगेको छ।

भारतमा मृतकको संख्या पनि बढिरहेको छ। अहिलेसम्म दुई हजार दुई सय ९४ जनाको मृत्यु भएको छ।

त्यस्तै, दोस्रो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानमा गत २४ घन्टामा एक हजार एक सय १४ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ३२ हजार ८१ पुगेको छ। पाकिस्तानमा अहिलेसम्म सात सय ६ जनाले ज्यान गुमाएका छन्।

तेस्रो नम्बरमा रहेको बंगलादेशमा पनि संक्रमितको संख्या १५ हजार ६ सय ९१ पुगेको छ। अहिलेसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ।

यस्तै, अफगानिस्तानमा संक्रमितको संख्या चार हजार ६ सय ८७ पुगेको छ। त्यसमध्ये एक सय २२ जनाले ज्यान गुमाएका छन भने सात जना गम्भीर रहेका छन्।

पाँचौ नम्बरमा रहेको मालदिभ्समा संक्रमितको संख्या आठ सय ९७ पुगेको छ। अहिलेसम्म तीन जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, श्रीलंकामा आज बिहान मात्रै ६ जना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या आठ सय ६९ पुगेको छ भने नौ जनाको मृत्यु भएको छ।

सातौ नम्बरमा रहेको नेपालमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ। आज बिहान मात्रै ५७ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

सोमबार पनि २४ जना संक्रमित थपिएका थिए। जसमध्ये २३ जना एक साताभित्र नै भारतबाट आएका थिए। अहिलेसम्म नेपालमा ३३ जना निको भइसकेका छन्।

कोरोना नियन्त्रणमा रहेको भुटानमा पनि फेरि देखिन थालेको छ। आज बिहान मात्रै दुई जना संक्रमित थपिएका छन्। भुटानमा संक्रमितको संख्या ११ पुगेको छ भने पाँच जना निको भइसकेका छन्। 

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, वैशाख ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्