Kathmandu Press

मन्त्रीपरिषद्मा प्रधानमन्त्री : भारतले सडक खनेकाे मलाई रिर्पोटिङ नै भएन 

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले सडक खनेको आफुलाई रिर्पोटिङ नै नभएको बताएका छन्। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद....

मन्त्रीपरिषद्मा प्रधानमन्त्री : भारतले सडक खनेकाे मलाई रिर्पोटिङ नै भएन 

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले सडक खनेको आफुलाई रिर्पोटिङ नै नभएको बताएका छन्। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडक खनेको बारे आफुलाई जानकारी नै नभएको बताएका हुन्।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए। ज्ञवालीको ब्रिफिङपछि ओलीले सीमाबारे आफू खुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए। ओलीले बैठकमा सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका छन्।

मानसरोवर जोड्ने सडकको उद्घाटन भएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, वैशाख ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्