Kathmandu Press

संकटलाई अवसरमा बदल्ने गरी बजेट ल्याउन सांसद श्रेष्ठको सुझाव

काठमाडौं, वैशाख ३० : नेपाली काग्रेसका सांसद तथा शिक्षाविद उमेश श्रेष्ठले कोरोना संकटवाट उत्पन्न समस्यालाइ अवसरमा बदल्ने गरी नया बजेट ल्याउन सरकारलाइ स....

संकटलाई अवसरमा बदल्ने गरी बजेट ल्याउन सांसद श्रेष्ठको सुझाव

काठमाडौं, वैशाख ३० : नेपाली काग्रेसका सांसद तथा शिक्षाविद उमेश श्रेष्ठले कोरोना संकटवाट उत्पन्न समस्यालाइ अवसरमा बदल्ने गरी नया बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन्। 

मंगलबार बजेटका प्राथमिकताबारे संसदमा धारणा राख्दै सांसद् श्रेष्ठले ७ वटा क्षेत्रमा बजेट केन्द्रीत गर्न र फजुल खर्च घटाउन सरकारलाइ सुझाव दिएक छन्। 
‘कोरोना महामारीका कारण राजश्व तथा रेमिट्यान्स घटने, दातृ निकायहरुसमेत आफै समस्यामा रहेका कारण विदेशी सहयोग घट्ने भएकाले स्रोतको सिमिततालाइ हेरेर चुस्त बजेट बनाउनु पछ’, सांसद श्रेष्ठले भने । 

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन श्रमीकहरुले नै जम्मा गरेको कल्याणकारी कोषको ५ अर्व रुपैयामा सरकारले थप ५ अर्व थपेर १० अर्वको उद्धार र पुनस्थापन कोष खडा गर्न श्रेष्ठले सुझाव दिए । उनले विदेशबाट फर्कनेहरु स्वदेश फर्किएपछि राहत र पुनस्थापन तथा रोजगारीका लागि २ खर्वको बिषेश कोष खडा गर्न श्रेष्ठको सुझाव दिएका छन् । 

स्वस्थ्य क्षेत्रमा आमुल सुधारको आवश्यकता औल्याउदै सांसद श्रेष्ठले ७ वटै प्रदेशमा कम्तिमा एउटा सुविधासम्पन्न अस्पताल निर्माणकालागि वजेट छुट्याउनु पर्ने वताए । ‘युवा रोजगारी, कृषि उत्पादन, उर्जा उत्पादन र शिक्षा तथा प्रविधिको विकास बजेटको प्राथमिकता हुनुपर्र्छ’ श्रेष्ठले सरकारलाई सुझाव दिदै भने । 

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्