Kathmandu Press

विपिनको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

आज उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन्। 
विपिनको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं, साउन २६ : हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।

आज उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन्। 

Hardik ivf

‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो।

त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्