Kathmandu Press

लैङ्गिक समानताले समाज  सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा

उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै उल्लेख गरे।
लैङ्गिक समानताले समाज  सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको बताएका छन्। 

नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए।

Hardik ivf

‘लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ,’ उनले भने, ‘लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ।’

सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताए।

उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै उल्लेख गरे।

त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण गरे। ‘विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरुको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो,’ उनले भने।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्