Kathmandu Press

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस–एमालेको ‘ह्विप’

एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार एक सूचना जारी गर्दै ह्विप जारी गरेका हुन्।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस–एमालेको ‘ह्विप’

हेटौंडा, साउन २५ : एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। 

एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार एक सूचना जारी गर्दै ह्विप जारी गरेका हुन्। श्रेष्ठद्वारा जारी ह्विपमा साउन २७ गतेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ। 

Hardik ivf

बहादुरसिंह लामालाई हटाएर मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन्। उक्त दिन बैठकअघि एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने तय भएको जनाइएको छ। 

निर्देशनमा सबै सांसदलाई उपस्थित हुन समेत भनिएको छ। 

यसअघि नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । मुख्यमन्त्री बानियाँले  आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा प्रदेश सरकार गठन गरेका छन्। 

बागमती प्रदेश सभा ११० सदस्यीय छ । विश्वासको मत पाउन ५६ साँसदको मत चाहिन्छ। 

 

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्