कैलाली कारागारमा हिंसात्मक झडपका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइने
घटनाका सख्त घाइते २४ वर्षीय कर्ण सारुमगरलाई काठमाडौं पठाउन लागिएको हो । धनगढी जिल्ला प्रशासन कार्यालयका अनुसार सारुमगरलाई जहाजमार्फत काठमाडौं पठाउन थालिको जनाइएको छ।
धनगढी, साउन २५ : कैलाली कारागारमा कैदीबीच भएको हिंसात्मक झडपमा परी घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।
घटनाका सख्त घाइते २४ वर्षीय कर्ण सारुमगरलाई काठमाडौं पठाउन लागिएको हो । धनगढी जिल्ला प्रशासन कार्यालयका अनुसार सारुमगरलाई जहाजमार्फत काठमाडौं पठाउन थालिको जनाइएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचार गरिए पनि गंभर घाइते भएका कारण थप उपचार गर्न काठमाडौं पठाउनुपर्ने अवस्था देखिएपछि चिकित्सकले रिफर गरेका हुन्।
भलडपमा परी सारुमगरको बायाँ हातको हड्डी भाँचिएको छ । एउटा हातको नसासमेत फाटेको छ । उझ घटनाका अन्य पाँच घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको अस्पतालको भनाई छ।
कैलाली कारागारमा रहेका कैदीबन्दीवीच भनाभन हुँदा शुक्रबार राति एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गरेपछि झडपको अवस्था आएको थियो । आक्रमणमा परी धनगढी उपमहानगर–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको छ । उक्त झडपमा ४८ जना घाइते भएका थिए।



-(56)-1764919423.jpg)






-1764760320.jpg)