जनकपुरमा रेल र कार आपसमा ठोक्किए
थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारलाई रेलले ठक्कर दिएको हो।
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् ।
थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारलाई रेलले ठक्कर दिएको हो।
जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको रेलले कारलाई ठक्कर दिएको हो।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन्।
कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:२० बजे, आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


