Kathmandu Press

भारतीय दूतावासअघि प्रदर्शनरत कृष्ण पहाडीसहित मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, वैशाख ३० : भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निमार्ण गरेको विरोधमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ। ....

भारतीय दूतावासअघि प्रदर्शनरत कृष्ण पहाडीसहित मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, वैशाख ३० : भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निमार्ण गरेको विरोधमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ। 
मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनको क्रममा पहाडी लगायत अन्य मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा मानवअधिकारकर्मीहरुले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’,‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए। 

भारतले केही दिन अघि नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन्।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्