Kathmandu Press

पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा

उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 
पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा

काठमाडौं, साउन २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताएका छन्। 

आइतबार शुभकामना सन्देश मार्फत उनले मौलिक पर्वहरू पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताए। 

उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 

सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ।

प्रकाशित मिति: ०९:३९ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्