Kathmandu Press

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली 

उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको बताए। 
गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली 

काठमाडौं, साउन २५ : प्रधानमन्त्री केपी ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन्। 

आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको बताए। 

देशैभर मनाउन थालिएको थियो। मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको उनले उल्लेख गरेका छन्।
 
‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ। गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस। यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरुलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्,’ शुभकामना सन्देशमा भनिएको छ।  
 

प्रकाशित मिति: ०९:३५ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्