Kathmandu Press

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छाैं,’ उनले भने।
हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन्। 

शनिबार आयोजित नेपाली कांग्रेसको १६औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन्। 

‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छाैं,’ उनले भने।

नेता सिटौलाले नेपाली कांग्रेस सधैं वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले पार्टीको महिमा बढाउने बताए। 

‘नेपाली कांग्रेस सधै वर्तमानमा छ । विगतको मात्रै इतिहास रटेर हुँदैन भन्ने भाष्यमा म सहमत छैन। २००७ सालमा हामी त्यसकै वर्तमानमा थियौँ, ३० वर्ष निरकुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौं,’ उनले भने, ‘०६२÷६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियाँै र आज पनि आजैको वर्तमानमा छौँ तर पार्टीको फाउन्डेसन विर्सिनुभयो भने गति पाउनुहुन्न्। तपाईं र अहिले जन्मिएको पार्टी र नेपाली कांग्रेस पार्टीको अन्तर के हो भन्न सक्नुपर्छ।’ 

नेता सिटौलाले एकीकृत केन्द्रित एकात्मक निरङ्कुश सामन्ति व्यवस्था फाल्न सफल भए पनि एकात्मक निरङ्कुश सामन्ति संस्कारको अन्त्य गर्न नसकेको बताए।  
 
प्रकाशित मिति: १९:४३ बजे, शनिबार, साउन २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्