Kathmandu Press

कैलाली कारागार घटनाको छानविन गर्न समिति गठन

शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।
कैलाली कारागार घटनाको छानविन गर्न समिति गठन

कैलाली, साउन २४ : कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ। 

शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।

Hardik ivf

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए।

कारागारमा शुक्रबार राति सामूहिक झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। घाइतेमध्ये जगदीश राना, रबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरुले उनीहरुलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए। 

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन।

यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए। 

‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन । त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ । जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ  । त्यस्तो केही पनि होइन् । अहिले त्यहाँ सामान्य नै छ अवस्था,’ उनले भने।

प्रकाशित मिति: १९:१४ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्