Kathmandu Press

प्रधानमन्त्री ओलीले ग्रहण गरे राखी 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जनाएका छन्।
प्रधानमन्त्री ओलीले ग्रहण गरे राखी 

काठमाडौं, साउन २४ : प्रधानमन्त्री केपी ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन्। 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जनाएका छन्।

‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीलाई धन्यवाद !,’ उनले लेखेका छन्।

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ। 

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्