मन्त्रिपरिषद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु
काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरषद्को बैठक सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको....

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरषद्को बैठक सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
संवैधानिक व्यवस्थाअनुसार, जेठ १५ गते बजेट ल्याउनुपर्छ। त्यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्छ।
सरकारले जेठ २ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ। त्यसका लागि आज मन्त्रिपरिषद् बैठकमा छलफल सुरु भएको जनाएको छ।
संसद्को बजेट अधिवेशन पनि वैशाख २६ गतदेखि सुरु भएको छ।
सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले वैशाख २८ गते संसद्मा नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए। अहिले त्यसमाथि संसद्मा छलफल चलिरहेको छ।
यस वर्षको बजेट कोरोना भाइरसपछिको पुनःजागरणमा केन्द्रित हुने भएको छ।











