Kathmandu Press

सभापति देउवाले दिए जनैपूर्णिमा र गाइजात्रा पर्वको शुभकामना  

सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको पनि बताएका छन्।
सभापति देउवाले दिए जनैपूर्णिमा र गाइजात्रा पर्वको शुभकामना  
Hardik ivf

काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनैपूर्णिमा र गाइजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको पनि बताएका छन्। यस्ता मौलिक पर्वहरू पहिचान मात्र नभै सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक रहेको पनि उनले बताएका छन्। 

‘लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुन्छ, जसले सबै संस्कृतिको संरक्षण र सम्वर्धनमा योगदान पु¥याउँछ। हामी सबैले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी हो,’ शुभकामना सन्देशमा देउवाको भनाई छ। 
 

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्