Kathmandu Press

आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ

उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी र वौद्धिक अभ्यास रहेको बताए। 
आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ

काठमाडौं, साउन २४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र बुझ्न नसक्दा दुःख पाइरहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित ३१औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी  र वौद्धिक अभ्यास रहेको बताए। 

Hardik ivf

‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होइन्। बेला बेलामा हामी सडकमा पनि गइराखेको हुन्छौं। कुनै दिन सडकमा जानुपर्ने दिन आउन सक्ला, तर आज संघर्षको मुख्य क्षेत्र संवैधानिक छ,’ उनले भने, ‘कानुनी क्षेत्र छ र वौद्धिक अभ्यासको क्षेत्र छ। हाम्रो आन्दोलनको क्षेत्र यो हो भन्ने कुरा नेपालको आदिवासी जनजातिले बुझ्नुपर्छ, त्यो नबुझ्दा हामीले दुःख पाइरहेको छौं।’ 

त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए। दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ। 

‘भाषा संरक्षणको लागि एआईको पनि प्रयोग गर्नुपर्छ। एआईले पनि त्यो भाषा भन्न सक्ने बनाउनुपर्छ। हामीले बुझ्नुपर्ने के छ भने एआई अब हाम्रो दाल भात जस्तै हो,’ उनले भने, ‘दाल भात नखाई हाम्रो जीवन नबाँचेको जस्तो एआईको प्रयोग भएन भने हाम्रो जीवनको समृद्धि सम्भव छैन्। तर यसलाई नियन्त्रित ढंगले चाँही प्रयोग गर्नुपर्छ । एआई मानवको हितमा र नियन्त्रणमा चाँही हुनुपर्यो।’
 

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्