Kathmandu Press

कैलाली कारागारमा झडप, एकको मृत्यु ४७ जना घाइते

कैलालीको धनगढी उपमहानगरपालिकास्थित कारागारमा रहेका कैदीबन्दीहरूबीच शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।
कैलाली कारागारमा झडप, एकको मृत्यु ४७ जना घाइते

काठमाडौं, साउन २४ : कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिकास्थित कारागारमा रहेका कैदीबन्दीहरूबीच शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।

Hardik ivf

उनका अनुसार झडपका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ। घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जनाए।

कैदीबन्दीहरूबीच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको उनले बताए। यस विषयमा अनुसन्धान जारी रहेको उनले बताए। 
 
प्रकाशित मिति: ११:२० बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्