Kathmandu Press

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ।
सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही, साउन २४ : पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्  

शुक्रबार साँझ जनकपुरबाट मलङ्गवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन्।

Hardik ivf

दुर्घटनामा धनुषा हन्सपुर नगरपालिका–२ का २८ वर्षीय उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५ का २७ वर्षीया चन्दादेवी साह, सबैला नगरपालिका–२ का ३८ वर्षीय हरिशङ्कर साह, मिथिला नगरपालिका–१ का ३५ वर्षीया मन्जुकुमारी महतो, उनका १० वर्षीय छोरा आशिषकुमार र पाँच वर्षीय शुसनकुमार घाइते भएका छन्। 

यस्तै सोही दुर्घटनामा परेर सर्लाही कविलासी नगरपालिका–८ का ६८ वर्षीय रामपुकार मुखिया, सोही स्थानका २५ वर्षीया सुमित्रादेवी महतो, मलङ्गवा नगरपालिका–१२ का ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, लालबन्दी नगरपालिकाका २४ वर्षीया रेणुका गौतम, कबिलासी नगरपालिका–३ का ३३ वर्षीया मुनिकाकुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरजकुमार ठाकुर, हरिपुर नगरपालिका–७ का ३० वर्षीया बिर्जना सिंह, हरिपुर नगरपालिका–९ का ४५ वर्षीया रीता चौधरी घाइते भएका छन्।  

दुर्घटनामा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७ का ३९ वर्षीया कमलाकुमारी महतो, उनका छोरा १४ वर्षीय आशिषकुमार महतो र बर्दिबास नगरपालिका–१का चार वर्षीया श्रृषा पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ। 

घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए।

 

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्