Kathmandu Press

नेकपा एसले भदौ ८ गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक

पार्टीभित्रको वैचारिक विवाद, संगठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
नेकपा एसले भदौ ८ गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, साउन २४ : नेकपा एकीकृत समाजवादीले आगामी भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टीभित्रको वैचारिक विवाद, संगठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जनाए।

बैठकमा संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल हुनेछ।

केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार तथा योजना कार्यान्वयन भए÷नभएको मूल्यांकन गरिने छ।

 

प्रकाशित मिति: ०७:३२ बजे, शनिबार, साउन २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्