Kathmandu Press

इश्रा मुल्ला मिया पुनः बने रास्वपाको केन्द्रिय सदस्य

शुक्रबार बसेको केन्द्रिय समिति बैठकले मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो। हज कमिटीको अध्यक्ष बनेपछि संस्थापक नेता मियाले पदबाट राजीनामा दिएका थिए। 
इश्रा मुल्ला मिया पुनः बने रास्वपाको केन्द्रिय सदस्य

काठमाडौं, साउन : संस्थापक नेता इश्रा मुल्ला मिया हज पुनः २३ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बनेका छन्।

शुक्रबार बसेको केन्द्रिय समिति बैठकले मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

हज कमिटीको अध्यक्ष बनेपछि संस्थापक नेता मियाले पदबाट राजीनामा दिएका थिए। 

यस्तै, बैठकले रिक्त रहेका विभिन्न विभागमा मनोनयन पनि गरेको छ। बैठकले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा तथा श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरेको छ।

यसैगरी पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाएको हस्ताक्षर अभियान अन्तर्गत श्रावण २३ गतेसम्म ३२ लाख ०६ हजार ६ सय ८ हस्ताक्षर र सहयोग रकम ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ संकल भएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए। 

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्