Kathmandu Press

आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी : सभापति देउवा

‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ। शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ,’ उनले भने।
आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी : सभापति देउवा

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको सहअस्तिव जोगाउनका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन्। 

शुक्रबार कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता र सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सामूहिक पहल गर्नुपर्ने बताएका हुन्। 

Hardik ivf

‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ। शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ,’ उनले भने, ‘आदिवासी सञ्जाल कानुन प्रतिष्ठान बढि स्रोत, साधनले सम्पन्न बनाएर अझै सशक्त बनाएर लानुपर्ने आवश्यकता रहेको छ।’

सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयम जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए। 
 

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, साउन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्