Kathmandu Press

संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्षमा

काठमाडौं, वैशाख ३० : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय एक वर्ष पुगेका छन्।

उनी विसं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मे....

संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्षमा

काठमाडौं, वैशाख ३० : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय एक वर्ष पुगेका छन्।

उनी विसं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मेका हुन्। यो उमेरमा पनि उनी सक्रिय जीवन व्यतित गरिरहेका छन्।

संस्कृतिविद् जोशीका जन्मदिनमा विभिन्न कार्यक्रम हुँदै आएका थिए। यो वर्ष भने कोरोना भाइरस र लकडाउनका कारण कुनै कार्यक्रम गरिएका छैनन्।

गतवर्ष एक सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरले नागरिक अभिनन्दन गरेको थियो। यो वर्ष कोरोनाका कारण कुनै कार्यक्रम नगरिएको महानगरले जनाएको छ।  

उनी एक सस एक वर्ष पुगेको अवसरमा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन्। अमेरिकी राजदूत ¥यान्डि बेरीले जोशीको फोटोसहित ट्वीट गर्दै शुभकामना दिएका छन्।

संस्कृतिविद् जोशीले पनि आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। कोरोना महामारीबाट बच्न सबैलाई लकडाउन पालना गर्न आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्