भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन
अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरिएको थियो । प्रतिवेदनको सुझाव तथा निर्देशनखण्डमा भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको छ।copy-1754656111.jpg)
काठमाडौं, साउन २३ : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशका विभिन्न क्षेत्रका उद्योग र भन्सारको स्थलगत अध्यनपछि पेस भएको प्रतिवेदनलाई शुक्रबार पारित गरेको छ।
प्रतिवेदन पारित गर्दै भन्सार सुरक्षा बलको व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन समेत दिएको छ।
समितिका सभापति अब्दुल खांनको नेतृत्वमा सांसदहरूले रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा गरिएको स्थलगत अनुगमनको प्रतिवेदन पारित गर्दै सरकारलाई निर्देशन दिइएको हो। गत वैशाख ३ गतेदेखि ७ गतेसम्म उक्त अनुगमन गरिएको हो।
अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरिएको थियो । प्रतिवेदनको सुझाव तथा निर्देशनखण्डमा भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको छ।
‘मुलुकको विभिन्न सीमा नाकाहरूमा रहेका भन्सार कार्यालयबाट हुने भन्सार प्रशासनका कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित एवं सुरक्षित बनाउन भन्सार सुरक्षा बल (कस्टम पुलिस) को व्यवस्था गर्न तथा भन्सार क्षेत्रको निश्चित दूरीसम्म अन्तरदेशीय सीमाको समानान्तर सडक सञ्जाल निर्माण गर्न नेपाल सरकार, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने,’ सुझावमा भनिएको छ।
अनुगमनको क्रममा नेपाल–भारत विचको खुला सीमानाबाट अवैध रुपमा हुने निकासी पैठारीका कारण मुलुकको राजस्व संकलनमा प्रतिकूल असर परेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै, विशेष आर्थिक क्षेत्रको भौतिक पूर्वाधार सडक, विद्युत तथा पानीको वितरण लाइन र जनशक्ति व्यवस्थापन आदिको अवस्था कमजोर रहेको पाइएको पनि बताइएको छ।





-1771421086.png)






