Kathmandu Press

ओलीको सेवा गरेर बस्न झलनाथ खनाललाई माधव नेपालको सुझाव 

‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने। केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि,’ नेपालले भने। 
ओलीको सेवा गरेर बस्न झलनाथ खनाललाई माधव नेपालको सुझाव 

काठमाडौं, साउन २३ : नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई एमाले अध्यक्ष केपी ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन्। 

एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्दै खनालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अध्यक्ष नेपालले यस्तो सुझाव दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लाई सम्बोधन गर्दै नेपालले यस्तो सुझाव दिए। 

Hardik ivf

‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने। केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि,’ नेपालले भने। 

नेपालले पार्टीको प्रतिष्ठा बढाउन र हितको रक्षा गर्न पार्टी अनुशासन पालना गर्नुपर्ने पनि बताए । नेपालले ओलीले संविधानविरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएर ठिक गरेको दाबी समेत गरे। 

आलीले दोस्रोपल्ट संसद भंग गर्दा पनि पार्टीमा विद्रोह गर्नु हुँदैन थियो? भन्दै नेपालले प्रश्न समेत गरे। नेपालले खनाललाई लक्षित गर्दै भने, ‘केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो? कि के गर्नुपर्दथ्यो?’ 

नेपालले आफुहरुले त्यतिबेला ठिक गरेको भन्दै रहरले पार्टी नछोडेको पनि बताए। उनले कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको भनाई पनि राखे। 

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, साउन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्