Kathmandu Press

माधव नेपाल भन्छन्– एकीकृत समाजवादी सानाे पार्टी हाेइन, निर्णायक शक्ति हाे

‘तीन वटा प्रदेशको मूख्यमन्त्री हामीले नै बनायौं। हैसियत र शक्ति भएर नै हामीले निर्णायक भूमिका निर्वाह गर्यौं। मुख्यमन्त्री वा मन्त्रीहरु बनायौं। हैसियत र शक्ति नभएको भए त्यो नहुन सक्थ्यो।’ 
माधव नेपाल भन्छन्– एकीकृत समाजवादी सानाे पार्टी हाेइन, निर्णायक शक्ति हाे

काठमाडौं, साउन २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन्। 

शुक्रबार नेकपा एकीकृत समाजवादी उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन्। 

‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ। यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त, त्यो चाहीँ महासानो भन्ने हो र?,’ उनले भने, ‘तीन वटा प्रदेशको मूख्यमन्त्री हामीले नै बनायौं। हैसियत र शक्ति भएर नै हामीले निर्णायक भूमिका निर्वाह गर्यौं। मुख्यमन्त्री वा मन्त्रीहरु बनायौं। हैसियत र शक्ति नभएको भए त्यो नहुन सक्थ्यो।’ 

अध्यक्ष नेपालले पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न समेत कार्यकर्तालाई आग्रह गरे। 

‘बाहिर बजारमा कसैले केही प्रचार गरेपनि कागले कान लग्यो भनेर कागको पछि कुद्ने होइन। सबैभन्दा पहिले आफ्नो कान छाम्ने हो,’ उनले भने, ‘पार्टी सिद्धियो भनेर भने पनि पार्टीका यत्रा गतिविधिहरुले बताइरहेको छ। दुनियाँले पत्याइरहेको छ।’ 

यस्तै, एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले देखावटी नगरी पार्टीलाई सुढृण गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्