Kathmandu Press

नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए। 
नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं, साउन २३ : नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन्। 

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए। 

उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए। 

‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ। तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो,’ उनले भने, ‘भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो। दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै रास्वपाका उपाध्यक्ष डिपी अर्यालले नेपाल जलस्रोतको धनी देश भनेर भाषण गरेतापनि तराईमा पानी र सिँचाईको अभाव हुनु दुखद् भएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।
 
प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, साउन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्