बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने
एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते मंगलबारका दिन विश्वासको मत लिने लागेका हुन्।
हेटौंडा, साउन २३ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत लिने भएका छन्।
एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते मंगलबारका दिन विश्वासको मत लिने लागेका हुन्।
मुख्यमन्त्री बानियाँले साउन २७ गतेका लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका छन्।
बानियाँ गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानतः ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ।
उक्त व्यवस्था अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
उनी सरकारलाई पूर्णता दिनुपूर्व नै विश्वासको मत लिने तयारीमा जुटेका हुन्।
प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)






-1764760320.jpg)