Kathmandu Press

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजीका लागि पहल सुरु : परराष्ट्रमन्त्री

मन्त्री राणाले बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको समेत बताएकी छन्। 
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजीका लागि पहल सुरु : परराष्ट्रमन्त्री

काठमाडौं, साउन २३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको उत्तराखण्डमा बाढीमा परी बेपत्ता नेपालीहरूको खोजी कार्यका लागि दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छन्। 

मन्त्री राणाले बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको समेत बताएकी छन्। 

उनले सामाजिक सञ्जालमार्फत छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको बताउँदै मन्त्री राणाले बेपत्ताको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको बताइन्। 

‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु । सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ मन्त्री राणाले भनेकी छन्। 


 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्