Kathmandu Press

उत्तराखण्ड बाढीपहिरोमा फसेका नेपाली उद्धारका लागि सरकारले गर्‍यो कूटनीतिक प्रयास

उत्तराखण्डमा बाढीको घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ फसेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक पहल भइरहेको बताएका छन्।
उत्तराखण्ड बाढीपहिरोमा फसेका नेपाली उद्धारका लागि सरकारले गर्‍यो कूटनीतिक प्रयास

काठमाडौं, साउन २३ : प्रधानमन्त्री केपी ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन्। 

उत्तराखण्डमा बाढीको घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ फसेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक पहल भइरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको बताएका छन्। 

‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्। 

प्रधानमन्त्री ओली अहिले तुर्कमेनिस्तानमा छन्। उनी आजै स्वदेश फर्कँदै छन्।
 
प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, साउन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्