Kathmandu Press

शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाख  क्षति

इलाम, वैशाख ३० : इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ९ः४५ ब....

शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाख  क्षति
प्रतिकात्मक तस्बिर

इलाम, वैशाख ३० : इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ९ः४५ बजे बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो।

नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो। घरमा रहेको दुईमध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो। आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको छ। 

नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो बिहान करिब ५ः४५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनुपर्ने भएकाले समय लागेको इन्चार्ज टेकराज गिरीले जानकारी दिए। आगलागीबाट घर पूर्णरूपमा क्षति भएका पीडित परिवारलाई ५० हजार रुपैयाँ र लत्ता कपडा आज नै राहतस्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए।

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्