Kathmandu Press

जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित 

उनीविरुद्ध पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप थिए। 
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित 

काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ।

साह यसअघि ६ महिनाका लागि निलम्बनमा परेका थिए । उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो । उनीविरुद्ध पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप थिए। 

साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो । उनीसँग माग गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनमत पार्टीले जनाएको छ।

‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको देखिएको छ,’ अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान उल्लघंन गरेको देखिएकाले तपाईंलाई जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौं।’

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, साउन २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्