Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीले थापागाउँमा खोलिन् सम्पर्क कार्यालय

उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको थापागाउँस्थित घरमा सम्पर्क कार्यालय खोलेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले थापागाउँमा खोलिन् सम्पर्क कार्यालय

काठमाडौं, साउन २२ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छन्।

उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको थापागाउँस्थित घरमा सम्पर्क कार्यालय खोलेकी हुन्।

Hardik ivf

थापागाउमा रहेको यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता बिदुर मैनालीको रहेको जनाइएको छ । केही दिनभित्रै कार्यालय उद्घाटनको तयारी भएको जनाइएको छ। 

उक्त घर मदन भण्डारी फाउन्डेशनको नाममा भाडामा लिइएको थियो। अहिले फर्निचरसहित सामानको व्यवस्थापन भइरहेको छ। उक्त कार्यालयबाट भण्डारीले राजनीतिक गतिविधि अघि बढाउने छिन्। 

सम्पर्क कार्यालय स्थापना गर्न थालिएको उक्त घर ठूलो कम्पाउन्डसहितको तीनले रहेको छ। भण्डारीले सम्पर्क कार्यालय नै खोलेपछि आफूलाई एमालेको राजनीतिमा सक्रिय गराउने तयारीमा रहेको अनुमान गरिएको छ। 

मदन भण्डारीले २०४८ सालको चुनावमा यही घरमै प्रचार प्रसार कार्यालय खोलेका थिए। विद्याले पनि २०५१ सालको चुनावमा यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन्। 

गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्