Kathmandu Press

कांग्रेस–एमालेका कारण विद्यालय शिक्षा विधेयक पारितमा ढिलाइ : अध्यक्ष दाहाल

‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो । त्यसमा कोही भ्रममा नपरौं,’ उनले भने।
कांग्रेस–एमालेका कारण विद्यालय शिक्षा विधेयक पारितमा ढिलाइ : अध्यक्ष दाहाल

काठमाडौं, साउन २२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको दाबी गरेका छन्। 

बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको ‘विद्यार्थीसँग संवाद’ कार्यक्रममा उनले यस्तो भनाई राखेका हुन्। 

‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो । त्यसमा कोही भ्रममा नपरौं,’ उनले भने।

उनले शिक्षामा सुधार गर्ने कुरामा सरकारको ध्यान नरहेको बताउँदै नीजिकरणतिर लागेको आरोप समेत लगाए। 

सरकारकै कारण असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक रोकिएको दाबी पनि अध्यक्ष दाहालले गरे। माओवादी केन्द्र सार्वजिक शिक्षा सुधारको पक्षमा रहेको पनि उनले बता । 

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, साउन २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्