Kathmandu Press

हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

सुर्खेत, वैशाख ३० : हतियारसहित सम्पर्कविहीन भएको प्रहरी जवान मृत भेटिएका छन्।

पूर्वी सुर्खेतमा सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा क....

हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

सुर्खेत, वैशाख ३० : हतियारसहित सम्पर्कविहीन भएको प्रहरी जवान मृत भेटिएका छन्।

पूर्वी सुर्खेतमा सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत भेटिएका हुन। उनी सोमबार राति पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा उनको शव फेला परेको बताए। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ।

जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत्युको कारण नखुलेको बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

मृत भेटिएका प्रहरी जवान सुर्खेतकै रानीवासका हुन्।

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्