Kathmandu Press

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति एमाले असहमत

स्वमूल्यांकनको बिषय राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको भनाई एमालेको छ।
निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति एमाले असहमत

काठमाडौं, साउन २२ : एमालेले निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ। 

स्वमूल्यांकनको बिषय राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको भनाई एमालेको छ। निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गर्दै एमालेलगायत दलहरुसँग सुझाव मागेको थियो। 

Hardik ivf

उक्त कार्यविधिका बिषयमा सत्तारुढ दल नेपाली कांग्रेसले पनि असहमति जनाइसकेको छ।

एमालेले पनि असहमति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको धारणा सार्वजनिक गर्दै असहमती जनाएका हुन्। 

‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ निर्वाचन विभाग प्रमुख आचार्यले भनेका छन्, ‘सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा (एमाले) को असहमति रहेको छ।’

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्