‘भूपरिवेष्टित देशका लागि पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहन प्रणाली अत्यावश्यक’
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा साकार पार्न दिगो पूर्वाधार विकास, सुधारिएको सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई प्राथमिकतामा राखेको पनि ओलीले बताए।-(6)-1754467075.jpeg)
काठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्केमेनिस्तानको आवाजामा विहीबार भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली बिषयक विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबल सत्रलाई सम्बोधन गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनअन्तर्गत आयोजित उक्त सत्रमा प्रधानमन्त्री ओलीले संवोधन गर्नेक्रममा भूपरिवेष्टित देशका लागि पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहन प्रणाली अत्यावश्यक रहेको भनाई राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसि) का लागि दिगो पूर्वाधार, सहज सम्पर्क सञ्जाल र निर्बाध पारवहन प्रणाली कुनै विकल्प नभई जीवनरेखा भएको भन्दै प्रधानमन्त्री ओलीले सम्बोधनकाक्रममा आफ्नो धारणा राखे।
यी संरचनात्मक चुनौतीहरू हटाउन क्षेत्रीय रूपमा जोडिने जलवायु सहनशील पूर्वाधारमा लगानी गर्नुपर्ने आवस्यकता पन उनले औंल्याए । प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको प्रयोगले नयाँ अवसरहरू सिर्जना गर्न सक्ने पनि बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा साकार पार्न दिगो पूर्वाधार विकास, सुधारिएको सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई प्राथमिकतामा राखेको पनि ओलीले बताए।
साथै, प्रधानमन्त्री ओलीले नेपालले छिमेकी राष्ट्रहरू र अन्य मुलुकसँग आर्थिक सहकार्य र साझा समृद्धिको भावनामा आधारित साझेदारी विस्तार गरिरहेको जानकारी समेत दिए।
अन्तर्राष्ट्रिय व्यापारमा नेपालको समावेशिता र प्रतिस्पर्धा सुनिश्चित गर्न अवरोधरहित पारवहन प्रणाली आवश्यक रहेको बताउँदै भन्सार प्रणालीलाई सरल, समन्वयात्मक र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए।
भूपरिवेष्टित राष्ट्रहरूका लागि दिगो पूर्वाधार, बलियो सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई आर्थिक वृद्धिको आधार स्तम्भका रूपमा मान्यता दिएको उल्लेख गर्दै विश्व समुदायलाई यस्ता राष्ट्रहरूलाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्व बजारसँग जोड्न सामूहिक प्रतिबद्धता नवीकरण गर्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका थिए।




-1771421086.png)







