Kathmandu Press

रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने– जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ

रविलाई भेटेपछि उनले एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। 
रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने– जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ

काठमाडौं, साउन २२ : नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्। बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन्।

रविलाई भेटेपछि उनले एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। 

‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन। उहाँ न्यायिक हिरासतमा हुनुहुन्। कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो,’ उनले भने, ‘तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो बुझाइ हो।’

उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए।
 
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, साउन २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्