Kathmandu Press

प्रधानमन्त्री ओलीलाई भम्रणकाे निम्तो दिन भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै 

प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरे पनि औपचारिक मिति भने तय भइसकेको छैन। 
प्रधानमन्त्री ओलीलाई भम्रणकाे निम्तो दिन भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै 

काठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आगामी भदौ १ गते नेपाल आउने भएका छन्। 

भारतीय विदेश सचिव मिश्री भदौ १ गते काठमाडौँ आउने तय भएको हो। प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरे पनि औपचारिक मिति भने तय भइसकेको छैन। 

Hardik ivf

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम छ। 

नेपाल भ्रमणकाक्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीका अतिरिक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,  परराष्ट्रसचिव लगायतसँग भेटेर भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम बनेको बताइएको छ। 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्