Kathmandu Press

रास्वपाले सार्वजनि गर्‍याे रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेवार हुन इच्छुकको सूची

आवेदन दिनेमध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्। 
रास्वपाले सार्वजनि गर्‍याे रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेवार हुन इच्छुकको सूची

काठमाडौं, साउन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेवार हुन इच्छुकहरुको सूची सार्वजनिक गरेको छ।

रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरे अनुसार यस अवधिभित्र ९ जनाले आवेदन दिएका छन्। 

आवेदन दिनेमध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्। 

उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले तोकेको २५ हजार शुल्क बुझाएर उनीहरुले आवेदन दिएका हुन्। रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवार छनोट गरी आगामी भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिकासमेत तय गरेको छ। 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्