Kathmandu Press

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नेता श्रेष्ठ

श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।
बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नेता श्रेष्ठ

काठमाडौं, साउन २२ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्। 

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए। 

‘कुनैपनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन। यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ । सरकारले यस प्रकारको कार्य तत्काल रोकोस्,’ उनले लेखेका छन्।

श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।
 
प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, साउन २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्