Kathmandu Press

‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’

सर्वोच्च अदालत रजिस्टार भद्रकाली पोखरेलले आवश्यकता अनुसार सम्बन्धित विषय विकसित हुँदै आइरहेको भएतापनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना भइरहेको बताए। 
‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’

काठमाडौं, साउन २२ : सर्वोच्च अदालत रजिस्टार भद्रकाली पोखरेलले नागरिकता सम्बन्धी मुद्दालाई अदालतले उच्च प्राथमिकतामा राखेको बताएका छन्।  

बिहीबार काठमाडौंमा आयोजित नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनको अवस्था चुनौतीहरु विषययक छलफल कार्यक्रममा बोल्दै उनले आवश्यकता अनुसार सम्बन्धित विषय विकसित हुँदै आइरहेको भएतापनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना भइरहेको बताए। 

Hardik ivf

‘आवश्यकता अनुसार विषय वा मुद्दाहरु विकसित हुँदै आइरहेको छ। त्यति हुँदा हुँदै पनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना हुन्छन्,’ उनले भने, ‘त्यसैले यसप्रति हामी सजक हुन आवश्यक छ। अदालतको भूमिकाको कुरा गर्दा अदालतले नागरिकता सम्बन्धी मुद्दालाई उच्च प्राथमिकतामा राखेको छ।’

त्यस्तै उनले नागरिकता सम्बन्धी मुद्दाको व्यवस्थापनको लागि डेडिकेटेट बेन्चको समेत व्यवस्था गरेको उनले जानकारी दिए। 

‘तल्लो अदालतदेखि चरणवद्ध तरिकाले पालिकादेखि आउँदै गर्दा लामो समय लाग्ने परिस्थिति छ। तर अदालतमा पछिल्लो समय नागरिकता सम्बन्धी मुद्दाको लागि डेडिकेटेट बेन्च राखेको छौं,’ उनले भने, ‘अदालतको काम कारबाही हामी सबैलाई थाहा छ। आजको भरे नै सम्पादन हुँदैन। प्राथमिकतामा राखेर नागरिकता विवादहरु चाँडो समाधान हुन भनेर त्यसी मुद्दा व्यवस्थापनको प्रकृया अगाडि बढाएको हो,’ उनले भने। 
 

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्