Kathmandu Press

बढुवा भएका ११ एसएसपीको पदस्थापन, काे कहाँ?

प्रहरी प्रधान कार्यालयका अनुसार तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ भने राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ। 
बढुवा भएका ११ एसएसपीको पदस्थापन, काे कहाँ?

काठमाडौं, साउन २२ : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ११ जनको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Hardik ivf

प्रहरी प्रधान कार्यालयका अनुसार तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ भने राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ। 

यस्तै, राजिवबहादुर बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके), कमल थापालाई मधेश प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धुनषा  पठाइएको छ।

प्रविण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा हेटौंडा, मकवानपुर, प्रकाश रानाभाट, सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल्य, शान्ति सुरक्षा महाशाखा धनगढी, कैलाली,  ज्ञानेन्द्रप्रसाद फुयाललाई कोशी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगर मोरङ (काजः प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल), दिपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा विराटनगर, मोरङ पदस्थापन गरिएको छ। 

यस्तै, दयानिधि ज्ञवालीलाई मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर, धुनषा (काजःप्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल) र दिपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर पदस्थापन गरिएको छ।  

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्