Kathmandu Press

रविले दिए थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन

आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन्।
रविले दिए थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन

रुपन्देही, साउन २२ : सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन्। रविको सचिवालयले साउन १९ गते नै जिल्ला अदालतमा यस्तो निवेदन दिएको हो।

सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग रविले गरेका छन्।

लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा। बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार ९आज० मात्रै थाहा पाएको बताए ।

रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनी चैत २५ देखि रुपन्देही कारागारमा छन्। 

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्