Kathmandu Press

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– जीबी राई पक्राउ गर्न किन ढिलाई ?

‘जीवी राईलाई नेपाल झिकाउन नसक्नु कूटनीतिक असफलता हो ?,’ शर्माको प्रश्न थियो। 
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– जीबी राई पक्राउ गर्न किन ढिलाई ?

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार जीबी राई पक्राउ नपरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीमाथि यस्तो प्रश्न उठाएका हुन्। सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको बताउँदै राई पक्राउ नपरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाए। 

Hardik ivf

संसदमा शर्माको प्रश्न थियो, ‘गृहमन्त्री ज्युलाई सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु– सहकारी ठग कोही जेल गए तर अझै पनि कैंयौलाई कारबाहीको दायरामा ल्याउनलाई ढिलाई किन भइरहेको छ? जीबी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन?’

शर्माले सहकारी ठगी प्रकरण बाहिरिएपछि सहकारी सञ्चालक जीबी राई फरार भएयता तीन जना गृहमन्त्री नियुक्त भइसकेको पनि बताए । ‘जीवी राईलाई नेपाल झिकाउन नसक्नु कूटनीतिक असफलता हो ?,’ शर्माको प्रश्न थियो। 

साथै शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्ताको पाँच लाखसम्मको रकम तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन पनि माग गरे। 

सरकारले अध्यादेश जारी गरेर सहकारी पीडितको पाँच लाखसम्मको रकम फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टी समेत पोखे। 


 

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्