Kathmandu Press

‘एमसीसीबारे माओवादी केन्द्र सुरुदेखि नै गम्भीर थियाे’

उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताए। 
‘एमसीसीबारे माओवादी केन्द्र सुरुदेखि नै गम्भीर थियाे’

काठमाडौं, साउन २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे माओवादी केन्द्रले सुरुदेखि नै गहिरो अध्ययन र बहस गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताए। 

Hardik ivf

‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो। कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो,’ उनले भने।

यस्तै, उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो भने  एमालेसंग कुरा गर्दा कांग्रेस भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्व एमसिसिमा कमा फुलिस्टप परिवर्तन गर्न हुँदैन भन्नेमा कांग्रेस भन्दा जोडका साथ आएको बताए। 

‘काङ्ग्रेसभन्दा केपी ओली त झन् कडा केही परिवर्तन गर्न आवश्यक छैन भन्नु भयो, देशको भलो हुन्छ भए जोसँग पनि वार्ता गर्न के भयो र भनेर अप्ठयारो मानि मानि हामी चार जना गएका थियौं। तर यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नु भयो, त्यो कांग्रेसभन्दा पनि बढिरहेछ,’ उनले भने।

साथै, आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनको भनाई छ। 

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्