Kathmandu Press

लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैन : पर्यटन मन्त्री पाण्डे

उनले लुम्बिनीलाई जसरी अगाडि बढाउने योजना थियो त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताए।
लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैन : पर्यटन मन्त्री पाण्डे

काठमाडौं, साउन २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको काम निरन्तर रुपमा अगाडि बढेको भएपनि अपेक्षा अनुसार नभएको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा भएको समसामयिक छलफलमा उनले लुम्बिनीलाई जसरी अगाडि बढाउने योजना थियो त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताए।

Hardik ivf

‘काम भईरहेको छ, निरन्तर रुपमा अगाडि बढि रहेको छ तर अपेक्षा अनुसार भएको छैन। हामीले लुम्बिनीलाई जसरी सोचि रहेका छौ त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने छ। आगामी दिनमा यसलाई व्यवस्थित गर्दै हामी अगाडि बढ्छौ,’ उनले भने, ‘तुरुन्तै गर्नुपर्ने कामको सन्दर्भमा हामीले ऐन नै परिवर्तन गर्नुपर्ने छ, यो संघीयता पछि स्थानिय तह र प्रदेशलाई पनि संलग्न गराएर हाम्रो बोर्ड निर्माण गर्नुपर्ने छ । यसको तयारी भइरहेको छ।’

यस्तै, उनले लुम्बिनी खतराको सूचीमा जादैँ गर्दा एक वर्ष समय थप भएको भन्दै यसलाई सुधार गर्ने तर्फ मन्त्रालय अग्रसर रहेको बताए। 

मन्त्रालय सम्हालेको एक वर्ष पुगेको जानकारी गराउँदै अझसम्म पनि राजनीतिक पूर्वाग्रह नराखिकन काम गरेको उनको भनाई छ।

 

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्