Kathmandu Press

राजविराजमा टायर बालेर प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

मदिरा तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ गर्नेक्रममा स्थानीय र प्रहरीबीच झडपको अवस्था समेत उत्पन्न भएको थियो। 
राजविराजमा टायर बालेर प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

सप्तरी, साउन २३ : सप्तरीको राजविराजमा स्थानीयले प्रदर्शन जारी राखेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले चलाएको गोली लागेर सप्तरी राजगड गाउँपालिका–२ कमलपुरका लालु यादवको मृत्यु भएको घटनालाई लिएर स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्। 

अहिले प्रदर्शनकारीले टायर बालेर प्रदर्शन जारी राखेका छन्। 

मदिरा तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ गर्नेक्रममा स्थानीय र प्रहरीबीच झडपको अवस्था समेत उत्पन्न भएको थियो। 

स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो। 

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, साउन २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्