Kathmandu Press

एमालेको विधान महाधिवेशनमा छलफलका लागि चार वटा कार्यसूची तय

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय निकायका रूपमा रहेका चार सल्लाहकार परिषद् एवम् तीन आयोगको प्रतिवेदन प्रस्तुत भई छलफल हुने भएको हो।
एमालेको विधान महाधिवेशनमा छलफलका लागि चार वटा कार्यसूची तय

काठमाडौं, साउन २३ : आगामी भदौ २० देखि २२ गते हुने एमालेको दोस्रो विधान महाधिवेशनमा चार वटा मुख्य कार्यसूचीमा छलफल हुने तय भएको छ। 

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय निकायका रूपमा रहेका चार सल्लाहकार परिषद् एवम् तीन आयोगको प्रतिवेदन प्रस्तुत भई छलफल हुने भएको हो। 

Hardik ivf

साथै, महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने भएको छ। 

यता, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा.विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची समेत तय भएको छ। 

विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रूप दिने र सुझावका लागि मातहतका कमिटीमा पठाइने भएको छ । सबैतिरबाट प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिइने छ। 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्