Kathmandu Press

संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि विश्वप्रकाश शर्माले उठाए गम्भीर प्रश्न

‘संसद सरकार र कानुन बनाउने र बजेट बनाउने थलो मात्रै होइन आफ्नो कार्यशैली र व्यवहारबाट आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलो हो,’ उलने भने, ‘त्यो अभिभारा एकको मात्र होइन, हामी सबैको हो। सरकारको हो, प्रतिपक्षको हो, ठूला साना सबैको हो।’
संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि विश्वप्रकाश शर्माले उठाए गम्भीर प्रश्न

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए।

Hardik ivf

‘२०७९ सालको निर्वाचनबाट गठन भएको यो प्रतिनिधिसभा गएको जेठ महिनामा आइपुग्दै गर्दा आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ,’ उनले भने, ‘यो बेलामा समिक्षा जरुरी छ। निर्धारित दायित्वको आधा बाटो हामी कुशलतापूर्वक हिड्न सकेका छौं की छैनौं भनेर।’

शर्माले संसदले सबै नागरिकको अपनत्व गास्न कति सफल भयो, सरकार कति प्रभावकारी रह्यो र प्रतिपक्षले सुझाव र दबाब दिने भूमिकामा कति जिम्मेवार बन्दै गयो भन्ने प्रश्नहरू उठाए।

‘सबैको अपनत्व गास्न संसद कत्तिको सफल हुन सकिरहेको छ, सरकार प्रभावकारी कत्तिको भएको छ? प्रतिपक्षमा रहेका दलहरु सुझाव र दबावको भूमिकामा कतिको प्रखर र जिम्मेवार बन्न सकेका छन्?,’ उनले भने, ‘नागरिक पङ्क्तिमा रहेको असन्तोषलाई क्रमश आशा र विश्वासमा बदल्न हामी कत्तिको सफल भइरहेका छौं?’

सांसद शर्माले संसदलाई केवल कानुन र बजेट निर्माण गर्ने थलो मात्र नभई आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलोको रूपमा समेत चित्रण गरे। उनले संसदको कार्यशैली र व्यवहारले जनतामा आशा र भरोसा जगाउनुपर्नेमा जोड दिए।

‘संसद सरकार र कानुन बनाउने र बजेट बनाउने थलो मात्रै होइन आफ्नो कार्यशैली र व्यवहारबाट आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलो हो,’ उलने भने, ‘त्यो अभिभारा एकको मात्र होइन, हामी सबैको हो। सरकारको हो, प्रतिपक्षको हो, ठूला साना सबैको हो।’
 
प्रकाशित मिति: १५:०० बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्